काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीके जारी गरेको अन्तरपार्टी निर्देशन- २ अध्ययन गर्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानि २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दै अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिएका छन् । यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताउँदै उनले उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको बताएका छन् । साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे ।
उनले भनेका छन्- ‘हिजो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन-२ (अपानी-२) जारी भएको छ । ‘अपानीमा उल्लेखित विषयहरू आफैँमा महत्त्वपूर्ण छन्, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएको हुनाले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।’
अपानीमा जोड दिइएको छ-‘ एकता, एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ।’ अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ । सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु । छर्लङ्ग हुनुहोस्, ढुक्क रहनुहोस् !


