जडीबुटीमा प्रहरीले गोली चलाएर लुटेरालाई समात्यो – Kanika Khabar
Sunday, May 31Nepali News Portal

जडीबुटीमा प्रहरीले गोली चलाएर लुटेरालाई समात्यो

    मा प्रकाशित

काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ ।

जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।

त्यही घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एक जनालाई बेलुकी जडीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्