दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु – Kanika Khabar
Monday, June 1Nepali News Portal

दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु

    मा प्रकाशित

दाङ । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र उहाँका छोरा ५ वर्षका मिनाराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमराज पराजुलीले जानकारी दिएका हुन् ।त्यसैगरी सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षकी अमृता नेपाली घाइते भएकी छिन् ।

दुर्घटनामा परी गम्भिर घाईते बाबुछोराको नेपालगन्जमा उपचारको क्रममा निधन भएको प्रहरीले बताएको छ । घाईते अमृता नेपालीको नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरको घोराही रोड स्थित गुल्मचोकमा रा १ ख२१९२ नम्बरको टिप्परमा रा४प ३३९०को मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो । घोराहीबाट गुल्मचोक पार गरेर उत्तर तर्फजाँदै गरेको टिप्पर र तुलसीपुरबाट लमहीजाँदै गरेको मोटरसाइकल चोकमा एक आपसमा ठोक्किएका थिए ।दुर्घटना सोमबार बिहान करिब ६ बजे भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्