प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्छ- रामकुमारी झाँक्री – Kanika Khabar
Monday, June 1Nepali News Portal

प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्छ- रामकुमारी झाँक्री

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको छ ।

सोमबारको बैठकमा एमाले सांसद रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

उनले भारतले नेपालको भूमि मिचिरहेको अवस्थामा प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहित विरुद्ध बोलेको बताएकी छन् । उनले भनिन्-  ‘नेपालले सीमा मिचेको छ भन्दा कसको हितमा नेपालको प्रधानमन्त्री हुनुहुन्छ ?  हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपाली स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्नुहुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ ।’

सांसद झाँक्रीले भारतले नेपालको सीमा मिचेको र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीलाई दुःख दिने गरेको विषय पनि उठाएकी छन् । उनले सीमा मात्रै नामिचिएको भन्दै भारतीय सशस्त्र बलले नेपालीलाई कुटपिट गर्ने, आनन्द गौतमको त हत्या गरेको उल्लेख गरिन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्