काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।
आज बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले थपे, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दै छ । हामीसँग रुष्ट तिनै समूहबाट पालितपोसितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ ।’
सार्वभौम संसदका माननीयहरुलाई यस्ता कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए ।


