विदेशीसामु घुँडा टेक्नेहरुलाई एमालेको नेतृत्व दिने कल्पना समेत गर्न सकिदैन- महेश बस्नेत – Kanika Khabar
Saturday, June 20Nepali News Portal

विदेशीसामु घुँडा टेक्नेहरुलाई एमालेको नेतृत्व दिने कल्पना समेत गर्न सकिदैन- महेश बस्नेत

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार कल्पना पनि गर्न नसकिने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अहिले एमालेमा चलेको पार्टी पुनर्गठनको बहसमा टिप्पणी गर्दै राष्ट्रिय स्वाभिमान, जनताको बहुदलीय जनवादमाथि प्रहार र विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न कल्पना पनि गर्न नसकिने बताएका हुन् ।

उनले एमालेको संगठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, संघर्ष र बलिदानको जगमा निर्मित भएको बताउदै यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन नभएको बताएका छन् ।

उनले पार्टीको भविष्य, विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुने भन्दै कुनै स्वार्थ समूहको इच्छाबाट नहुने स्पष्ट गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्