राहदानी छपाइ प्रकरणमा १८ जनाविरूद्ध मुद्दा दायर – Kanika Khabar
Monday, June 22Nepali News Portal

राहदानी छपाइ प्रकरणमा १८ जनाविरूद्ध मुद्दा दायर

    मा प्रकाशित

काठमाडौँ । राहदानी छपाइ प्रकरणमा १८ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले १८ जनाविरूद्ध मुद्दा विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

अख्तियारले ल्याएको मुद्दाको मिसिल अहिले विशेष अदालतले अध्ययन गरिरहेको छ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईं, शत्रुधन प्रसाद शर्मा पोखरेल लगायतविरूद्ध मुद्दा आएको हो।

दुई वटा विदेशी कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै चार जना विदेशी नागरिकलाई पनि मुद्दा चलाउन उल्लेख गरिएको छ।

नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्लविरूद्ध मुद्दा पेस भएको हो। अख्तियारले सात जनालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित समेत गराएको छ।

असार २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारका पदाधिकारीहरूलाई बोलाइएको थियो।

त्यहाँ पदाधिकारीहरूलाई बोलाएर राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले दबाब दिएको खुलेको थियो।

त्यहीँ प्रधानमन्त्रीको कार्यालयबाटै अर्याललाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो।

यही अनुसन्धानको शिलशिलामा असार २ गते पूर्व परराष्ट्र मन्त्री आरजू राणालाई बयानका लागि उपस्थित हुन भनेर अख्तियारले म्याद तामेलीमा राखेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्