दाङ। राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना अभियान सुरूवात भएको छ । स्नातक तहका लागि कलेजहरूले भर्ना अभियनान थालेका हुन् ।
उच्च शिक्षा हासिल गर्ने क्रममा विद्यार्थीले आफ्नो भविष्यको मार्ग तय गर्ने महत्वपूर्ण चरणमध्ये स्नातक तह पनि एक हो। विशेषगरी व्यवस्थापन सङ्कायअन्तर्गतको बिबिएस अध्ययनका लागि गुणस्तरीय शिक्षण, अनुभवी शिक्षक, अनुशासित वातावरण र उत्कृष्ट नतिजा खोज्ने विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा पछिल्लो समय दाङभ्याली कलेज पर्न थालेको छ।
दाङ जिल्लामा व्यवस्थापन शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दाङभ्याली कलेजले बिबिएस कार्यक्रमलाई केवल शैक्षिक डिग्रीमा सीमित नराखी विद्यार्थीलाई व्यवहारिक, सिर्जनशील र नेतृत्वदायी क्षमताले सम्पन्न बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छ। यही कारणले कलेज बिबिएस अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
कलेजका क्याम्पस प्रमुख बिष्णुबहादुर बञ्जाडेका अनुसार आजको प्रतिस्पर्धात्मक युगमा केवल पाठ्यपुस्तकको ज्ञानले मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीलाई व्यवहारिक सीप, नेतृत्व क्षमता र सकारात्मक सोचको विकासमा समेत जोड दिइएको छ।
“हामी विद्यार्थीलाई परीक्षामा मात्र सफल बनाउने होइन, जीवनमा सफल बनाउने शिक्षामा विश्वास गर्छौं,” बञ्जाडे भन्छन्, “गुणस्तरीय शिक्षा, अनुशासन र व्यावसायिक दक्षताको संयोजनमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”
कलेजले नियमित कक्षा, अतिरिक्त शैक्षिक क्रियाकलाप, सेमिनार, प्रस्तुतीकरण, समूहगत अध्ययन तथा अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। यसले विद्यार्थीको आत्मविश्वास र व्यावसायिक क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ।
बिबिएस कार्यक्रमका कोअर्डिनेटर डिल्ली बस्नेतका अनुसार व्यवस्थापन शिक्षाको मूल मर्मलाई आत्मसात् गर्दै विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग जोड्ने प्रयास भइरहेको छ।
“बिबिएस केवल डिग्री प्राप्त गर्ने कार्यक्रम होइन,” बस्नेत भन्छन्, “यो व्यवसाय, व्यवस्थापन, उद्यमशीलता र नेतृत्व विकासको आधार निर्माण गर्ने महत्वपूर्ण शैक्षिक यात्रा हो। हामी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव प्रदान गर्न निरन्तर लागिरहेका छौं।”
दाङभ्याली कलेजको अर्को विशेषता भनेको विद्यार्थीमैत्री शैक्षिक वातावरण हो। यहाँ विद्यार्थी र शिक्षकबीचको आत्मीय सम्बन्ध, नियमित शैक्षिक परामर्श तथा व्यक्तिगत मार्गदर्शनले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाएको छ।
विगतका वर्षहरूमा कलेजले हासिल गरेका उत्कृष्ट नतिजा, विद्यार्थीहरूको उच्च सफलताको दर तथा विभिन्न क्षेत्रमा पूर्वविद्यार्थीहरूले बनाएको सफल पहिचानले पनि कलेजको विश्वसनीयता थप बलियो बनाएको छ।
व्यवस्थापन शिक्षामा गुणस्तर, अनुशासन, नवप्रवर्तन र परिणाममुखी शिक्षण प्रणालीलाई आत्मसात् गर्दै आएको दाङभ्याली कलेज आज दाङ मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै बिबिएस अध्ययनका लागि एक भरोसायोग्य शैक्षिक संस्थाका रूपमा परिचित हुँदै गएको छ।


