रास्वपाको पदाधिकारीमा को को बने उम्मेदवार ? – Kanika Khabar
Friday, June 26Nepali News Portal

रास्वपाको पदाधिकारीमा को को बने उम्मेदवार ?

    मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ । पदाधिकारीमा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचन भएकाले अब उपसभापति – महिला, महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुदैछ ।

महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका छन् । यसअघि उम्मेदवार बनेका शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।

आयोगले आजै १० बजेदेखि १ बजेसम्म मतदानको तालिका सार्बजनिक गरेपनि उम्मेदवारको सुची नै ढिला गरि सार्बजनिक गरिएकाले यो तालिका अनुसार मतदान नहुने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्