बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु – Kanika Khabar
Tuesday, June 30Nepali News Portal

बारामा ट्याक्टर ओभरटेक गर्दा दुर्घटना, स्कुटर चालकको मृत्यु

    मा प्रकाशित

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालक ट्याक्टरमुनि पस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका २९ बस्ने अन्दाजी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएको र उपचारको लागी एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा चिकित्सकले सोमबार साँझ मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन् भने मोटरसाइकल चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भई थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पताल रिफर गरिएको छ । ट्याक्टर चालक बारा जितपुर सिमरा उ.म.न.पा. ४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरी इ.प्र.का. सिमराको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्