प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान – Kanika Khabar
Thursday, July 9Nepali News Portal

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान

    मा प्रकाशित

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ ।

विहिबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।

समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र विधुतिय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

समितिले आगामी साउन ५ गते बस्ने बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गर्ने भएको छ ।

असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्