पोखराको आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढ्यो, ६२७ पृष्ठको अध्ययन प्रतिवेदन बुझाइयो – Kanika Khabar
Sunday, July 12Nepali News Portal

पोखराको आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढ्यो, ६२७ पृष्ठको अध्ययन प्रतिवेदन बुझाइयो

    मा प्रकाशित

पोखरा । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अघि बढेको छ ।

बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पेस गरेका कागजातको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ।

समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्यसमक्ष ६२७ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले यसलाई महानगरका लागि महत्त्वपूर्ण दस्ताबेजका रूपमा लिइएको बताउँदै आवश्यक अध्ययन र विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिए ।

उनले आधुनिक बसपार्क निर्माणको काम व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अगाडि बढाइने उल्लेख गर्दै बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्