काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि गरेआत्मदाहको प्रयास – Kanika Khabar
Saturday, July 11Nepali News Portal

काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि गरेआत्मदाहको प्रयास

    मा प्रकाशित

काठमाडौँ । काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि आत्मदाहको प्रयास गरेका छन्।

आज शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका(१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरूषले आत्मदाहको प्रयास गरेका हुन्।

आत्मदाहको प्रयास गर्ने पुरूष ४५ वर्षीय अश्विन राउत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरायसी कारणले राउतले आफैमाथि आगो लगाएको हुन सक्ने देखिएको छ।

उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्