आत्मदाहको प्रयास गरेका राउतको उपचारको क्रममा मृत्यु – Kanika Khabar
Saturday, July 11Nepali News Portal

आत्मदाहको प्रयास गरेका राउतको उपचारको क्रममा मृत्यु

    मा प्रकाशित

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ ।

शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो ।

आफ्नै घरमा उनले किन आफैमाथि आगो लगाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्