होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने घोषणा – Kanika Khabar
Sunday, July 12Nepali News Portal

होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने घोषणा

    मा प्रकाशित

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत साम्पाङले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताउदै सहयोगको घोषणा गरेका हुन् ।

उनले भनेका छन्- ‘यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !’

कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी शनिबार बिहान बाढी पसेपछि डुबानमा परेका थिए ।

उनले अहिलेको नेतृत्वले सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाउँदै नागरिकलाई सही नेतृत्व चिन्न आग्रह गरेका छन् । साथै, बालबालिकाको भविष्य जोगाउन सके मात्र देशको भविष्य सुरक्षित हुने भन्दै सुकुम्बासीको पीडाप्रति संवेदनशील बन्न सबैसँग अपिल गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्