घोराही उपमहानगरपालिका वडा नं. १५ को वडावासीलाई अनुरोध – Kanika Khabar
Sunday, May 31Nepali News Portal

घोराही उपमहानगरपालिका वडा नं. १५ को वडावासीलाई अनुरोध

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ ।


घोराही उपमहानगरपालिका वडा नं. १५ ले चाडपर्वका बेला कोभिड १९को सङ्क्रमणबाट सचेत हुन अनुरोध गरेको छ । आज सोमबार एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष रमेश कुमार पाण्डेले वर्तमान समयमा विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा पनि भाइरसको संक्रमण दर तथा सोबाट मृत्यु हुने व्यक्तिहरुको संख्या पनि वढिरहेकोले संक्रमण दरलाई वढ्न नदिन तथा रोगको संक्रमणबाट सुरक्षित रहन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णयहरु तथा घोराही उपमहानगरपालिका अन्तर्गतको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णय समेतको आधारमा नजिकिदै गरेका चाड पर्वहरु समेतलाई मध्यनजर गर्दै वडावासीलाई सचेत रहन आग्रह गरेका छन् ।
विज्ञप्तिमा घोराही नगरक्षेत्र भित्र कुनै किसिमका भेला गोष्ठी, सेमिनार सभा सम्मेलन तथा अन्य मिलन कार्यक्रमहरु नगर्ने नगराउने, सबै नगरवासीहरुलाई नेपाल सरकारबाट जारी गरिएका स्वास्य सम्वन्धी मापदण्डहरु अनिवार्य पालन गर्न, सवैले आआफ्नै घरमा वसेर चाडपर्व मनाउने, अनिवार्य रुपले मास्क सेनिटाइजर वा सावुन पानीको प्रयोग गर्ने, एकअर्का विचको भौतिक दुरी कायम गर्ने आग्रह गरिएको छ । साथै अनावश्यक रुपमा वजार तथा अन्य क्षेत्रमा आवत जावत तथा भिडभाड नगर्ने, कुनै पनि कार्यालयमा प्रवेश गर्दा अनिवार्य मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने पनि अनुरोध गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्