मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता – Kanika Khabar
Thursday, July 16Nepali News Portal

मन्त्री यादव र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै अमेरिकामा रहेका नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी थिइन् ।

भेटमा मन्त्री यादवले नेपाली वस्तुको अमेरिकी बजारमा पहुँच विस्तारका विषयमा विशेष जोड दिदै सन् २०१५ देखि सञ्चालनमा रहेको नेपाल व्यापार सहुलियत कार्यक्रमको अवधि सकिएको उल्लेख गर्दै नेपाली उत्पादनलाई अमेरिकी बजारमा पुनः सहुलियतपूर्ण पहुँच उपलब्ध गराउन अमेरिकी सहयोग आवश्यक रहेको बताइन् ।

मन्त्री यादवले नेपालले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत र कानुनी सुधार गरिरहेको जानकारी दिँदै नेपालका सम्भावनायुक्त क्षेत्रहरु जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग तथा डिजिटल अर्थतन्त्रलाई लगानीका प्रमुख क्षेत्रमा लगानी बढाउन आग्रह गरिन ।

उनले अमेरिका नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहेको उल्लेख गर्दै नेपाली ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायतका वस्तुहरू अमेरिकी बजारमा निर्यात हुँदै आएको बताउदै व्यापार घाटा कम गर्न प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको सहकार्यलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिएकी थिइन् ।

भेटमा अमेरिकी कार्यवाहक राजदूत अर्बमले नेपालले अघि सारेका व्यापार सहुलियत, लगानी विस्तार र आर्थिक सहकार्यका विषयमा सकारात्मक प्रतिक्रिया दिदै नेपालसँगको साझेदारीलाई निरन्तरता दिँदै सहकार्यका क्षेत्रहरूमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्