२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ६६ जना घाइते – Kanika Khabar
Thursday, July 16Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ६६ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७  जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको र कोशी र गण्डकी प्रदेश तथा काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना घाइते भएका छन् भने लुम्बिनीमा ४ जना, सुदूरपश्चिममा १ जना, बागमतीमा ७ जना र  कर्णालीमा ५ घाइते भएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्