पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते – Kanika Khabar
Thursday, July 16Nepali News Portal

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

    मा प्रकाशित

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङका कारण जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका-०१ बस्ने अंन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अंन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अंन्दाजी ५५ वर्षीया रिता देवी सहनी, अंन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अंन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अंन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अंन्दाजी ३५ वर्षीया संगीता देवी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ भने अन्य छ जना घाईतेहरुको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्