डँडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु – Kanika Khabar
Saturday, July 18Nepali News Portal

डँडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

    मा प्रकाशित

डँडेलधुरा । डँडेलधुराको अमरगढी नगरपालिका –०७ खस्रेखान स्थित धनगढी-दार्चुला पक्की सडक-खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक जिल्ला बैतडी डिलासैनी गाउँपालिका –०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका –०३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा थप घाईतेहरुको खोजी गर्ने क्रममा जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भईरहेको छ । उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।

त्यसैगरी, जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्‍याइएकोमा निज दुवै जनाको मृत्यु भएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्