सर्लाहीबाट ४१९ किलो गाँजासहित दुई जना पक्राउ – Kanika Khabar
Saturday, July 18Nepali News Portal

सर्लाहीबाट ४१९ किलो गाँजासहित दुई जना पक्राउ

    मा प्रकाशित

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका-१ सुकचैनाबाटले ४१९ किलो ९३ ग्राम गाँजा बरामद गरेको छ । बेचबिखन तथा भण्डारण गरिएको सूचना पाएपछि प्रहरीले विभिन्न घरमा खोजतलास गर्दा प्रहरीले लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतम सहितको १२५ जनाको टोलीले गाँजा सहित दुई जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्नेहरूमा सोही स्थानका २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउत रहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिएका छन् । पक्राउ परेकाहरूलाई जिल्लामा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्