कीर्तिपुरमा रोकिराखेको निजी गाडीमा आगलागी, चालकको मृत्यु – Kanika Khabar
Tuesday, July 21Nepali News Portal

कीर्तिपुरमा रोकिराखेको निजी गाडीमा आगलागी, चालकको मृत्यु

    मा प्रकाशित

काठमाडौं । कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा  बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको हो ।

आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् । मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको बताएको छ ।

आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्