माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारण अध्ययन हुने – Kanika Khabar
Wednesday, July 22Nepali News Portal

माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारण अध्ययन हुने

    मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारण अध्ययन गर्ने भएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबानको प्राबिधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् । डुवान हुने क्षेत्रको मंगलबार अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन् ।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए ।

अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । प्रारम्भिक अवस्थामा यही कारणले डुवान भएको देखिन्छ । अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुन सक्ने अनुमान गरिएको छ ।  अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुवान मुक्त बनाइने बताएकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्