काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
दिउसो २ बजे बस्ने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था बारे छलफलको कार्यसूची रहेको छ । यस बैठकमा स्वास्थ्य र शिक्षा मन्त्री, दुवै मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई छलफलमा बोलाइएको छ ।
त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्ययोजना सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान साढे ११ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरुसँग छलफलको कार्यसूची रहेको छ । छलफलका लागी केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका विभागीय प्रमुखलाई बोलाएको समितिले जानकारी दिएको छ ।


