काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने उजुरीका आधारमा इटहरीस्थित अख्तियारको टोलीले छापा मारेको थियो ।
टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


