ट्याक्सीको हुटबाट हाम्फाल्दा एक युवकको मृत्यु – Kanika Khabar
Saturday, May 11Nepali News Portal

ट्याक्सीको हुटबाट हाम्फाल्दा एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ २, तेह्रथुम
तेह्रथुमको ह्वाकू हागेक्पामा ट्याक्सीको हुटबाट हाम्फाल्दा हिजो एक युवकको मृत्यु भएको छ । ट्याक्सीको हुटबाट हाँम्फाल्दा निघुरादिन घरभएका १७ वर्षीय रविन तामाङको घटना स्थलमै मृत्यु भएको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १, निघुरादिनबाट तेह्रथुमको आठराई सङक्रान्तिबजार आउँदै गरेको ट्याक्सी उकालो सडकमा चड्न नसकेर पछाडि सरेपछि हुटबाट हाम्फालेका रविनको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्