काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमा कार्यबहाक सभापति पूर्णबहादुर खड्काले सभापति गगन कुमार थापाmलाई पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर रहन आग्रह गरेका छन् । आज आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले यस्तो आग्रह गरेका हुन् ।
खड्काले आधिकारिता विवादमा सर्वोच्च अदालतले दिएको निस्सा पार्टीको सम्पूर्ण एकताको अन्तिम अवसर रहेको बताएका छन् । खड्काले फेसबुकमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै यो अन्तिम अवसरमा निर्णायक भूमिका निर्वाह गर्न सभापति गगन थापासँग आग्रह गरेका छन् ।
यस्तो छ खड्काको अपिल
पार्टीका सबै अग्रज आदरणीय नेताहरु, पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहनु भएका सबै साथीहरु, भातृशुभेच्छुक संस्थाका सबैतहमा रहनु भएका साथीहरु, शुभेच्छुक तथा समर्थक आदरणीय दिदिबहिनी,दाजुभाइहरु सबैमा जय नेपाल ।
पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिए पछिको ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका बिचार,टीका टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको छ।
इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको , लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भइरहेको अवस्था अनि काङ्ग्रेस पार्टी इतिहासमै सबैभन्दा बढी कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली काङ्ग्रेसको सम्पूर्ण एकता हो । यसका लागि हामी विचमा सहिष्णुता , संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी सम्वाद सहमति अनि यसबाट सुदृढ एकता पूर्व सर्त हो वर्तमान भीमकाय चुनौतिहरुको सामना गर्नका लागि ।
यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महोत्वाकाङ्क्षा, अहंकार, घमण्ड , प्रतिशोध अनि कुन्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढौँ ।
सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ ।
पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष विशेष आग्रह र अनुरोध छ तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस, हामी अरु सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।
तर यहाँनिर स्पष्ट हुन जरुरी छ,
‘निर्णायक तपाईं हो — तपाईं ’
पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भातृशुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपिल ।
राष्ट्र रहे बहुदलीय लोतन्त्र रहन्छ, पार्टी रहन्छ, अनि त्यसमा हामी रहने ठाउँ रहन्छ नभए
सबै खरानी हुन्छ, हामी सबैमा हेक्का रहोसे ।
सामाजिक सञ्जालको दोहोरी र गाली गलोजले कही पुगिदैन यो प्रवृत्ति सबै लागेर बन्द गरौँ ।


