आज संघीय संसदका पाँच समितिको बैठक बस्दै – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

जस अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यस्तै आज प्रतिनिधि सभा अन्तर्गतकै पूर्वाधार विकास समितिको बैठक बिहान १० बजेदेखि बस्दैछ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरू बारे छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजेदेखि बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान साढे १० बजेदेखि बस्ने बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकनको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, आज बिहान ११ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्