सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिदै – Kanika Khabar
Wednesday, August 19Nepali News Portal

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिदै

    मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको आज दिउसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभामा नेकपा र एमालेको स्पष्ट बहुमत रहेको छ । ५२ सदस्यीय प्रदेश सभामा नेकपाका २२ र एमालेका ११ सांसद रहेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्