गोरखाबाट पाँच नाल बेवारिसे भरुवा बन्दुक बरामद – Kanika Khabar
Sunday, August 23Nepali News Portal

गोरखाबाट पाँच नाल बेवारिसे भरुवा बन्दुक बरामद

    मा प्रकाशित

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा आरुघाट गाउँपालिका–६ चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ५ थान फेला परेको हो । बरामद बन्दुकमध्ये १ थान भाँचिएको र ४ थान खिया लागेको अवस्थामा रहेको र बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्