सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

सेटेलाइट तस्वीरको विश्लेषण: रसुवागढीभन्दा २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, ल्हेन्दे खोलाबाट त्रिशूलीमा बाढी

    मा प्रकाशित

काठमाडौँ । प्लानेट ल्याब्सका उपग्रह तस्बिरको विश्लेषणमा आधारित प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको देखाएको छ ।

प्रारम्भिक अध्ययनअनुसार उक्त हिम–चट्टान पहिरो नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको नेपाल–चीन सीमाक्षेत्रमा गएको हो ।

पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी उत्पन्न भएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको अध्ययनले देखाएको छ ।

यसै बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

उपग्रह तस्बिरको थप विस्तृत अध्ययन तथा स्थलगत विवरणपछि बाढीको वास्तविक कारण र क्षतिको अवस्थाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्