सिन्धुपाल्चोक बोल्देमा जमिनमा खोलानै छिरेर हराएपछि स्थानीयमा त्रास – Kanika Khabar
Monday, August 24Nepali News Portal

सिन्धुपाल्चोक बोल्देमा जमिनमा खोलानै छिरेर हराएपछि स्थानीयमा त्रास

    मा प्रकाशित

कनिका खबर
भदौ ३, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ गुम्बाको बोल्दे स्थित तिलिस्योङ खोला जमिनभित्र हराएपछि स्थानीयले जोखिम बढेको भन्दै बस्ती नै छाडेका छन् । यसअघि आफ्नो धारमा बग्ने गरेको तिलिस्योङ खोला भदौ १ गतेबाट जमिन भित्र छिर्न थालेको स्थानीय जितबहादुर तामाङले बताउनुभयो । बोल्दे गाउँका नयाँ बस्तीका ६१ घर परिवार अहिले राति सुरक्षित ठाउँमा बस्नका लागि जाने गरेका छन् । १ मेगावाट विद्युत्त उत्पादन गर्न मिल्ने पानी तिलिस्योङ खोलामा बग्छ । भदौ १ गतेबाट खोलाको पानी नियमित धारमा बग्न छाडेर जमिन भित्र पस्ने गरेको छ । बस्ती भन्दा ५०० मिटर माथिबाट जमिनमा छिरेको पानी बस्तीको २०० मिटर माथिबाट घट्ेखोलामा निस्किएको अनुमान स्थानीयले गरेका छन् । चिरापरेको जमिनमा खोलानै छिरेर हराएपछि स्थानीयमा त्रास बढेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्