चार सुरुङ उद्धार विशेषज्ञसहित चीनबाट ५० टन आपतकालीन राहत सामग्री आइपुग्यो – Kanika Khabar
Sunday, August 30Nepali News Portal

चार सुरुङ उद्धार विशेषज्ञसहित चीनबाट ५० टन आपतकालीन राहत सामग्री आइपुग्यो

    मा प्रकाशित

काठमाडौँ । चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला सैनिक विमान शनिबार बिहान काठमाडौँ आइपुगेका छन् ।

आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ठूलो क्षमताका मालवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विमानमा उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत आएका छन् ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र सङ्घीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए । उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका थिए ।

चिनियाँ विमानहरू छेन्दुस्थित विमानस्थलबाट उडेका थिए र करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन् । ती विमानमा पाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्यान्न र प्राथमिक उपचार सामग्रीसहित १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ । सामग्रीको कुल तौल ५० टन रहेको काठमाडौँस्थित चिनियाँ दुताबासले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्