रास्वपा सांसद क्रान्तिशिखा भन्छिन्- काठमाडौँ बसेर प्रश्न नउठाऔं, स्थानीय तह आफैं पीडित हो ! – Kanika Khabar
Wednesday, September 2Nepali News Portal

रास्वपा सांसद क्रान्तिशिखा भन्छिन्- काठमाडौँ बसेर प्रश्न नउठाऔं, स्थानीय तह आफैं पीडित हो !

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् र समन्वय गरेनन् भनेर काठमाडौंमा बसेर आरोप लगाउनु उचित नहुने बताएकी छन् ।

उनले स्थानीय तह आफैं पनि विपद्को पीडित रहेको भन्दै बाढीले आफ्नै सहर बगरमा परिणत भएको र स्थानीय तहले गाँस, बास र कपास गुमाएको अवस्थामा उनीहरूबाट पूर्ण क्षमतामा निर्णय र व्यवस्थापनको अपेक्षा गर्नु न्यायोचित नहुने बताएकी छन् । प्रभावित प्रदेश र स्थानीय तहलाई दोषी देखाउनेभन्दा उनीहरूलाई पुनःउभिन सक्ने बनाउनु सबैको जिम्मेवारी भएको धितालको भनाइ छ ।

उनले विपद्का बेला सरकारका विभिन्न तहबीच प्रतिस्पर्धा नभई एकअर्काको सहारा बन्नुपर्ने बताउँदै सबै मिलेर प्रभावितलाई सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले भनेकी छन्- काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन। अरे हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो?प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो।विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्