काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

    मा प्रकाशित

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ ।

काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो । ८६ वर्षीय शर्मा केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनको आइसियूमा उपचार भइरहेको थियो ।

उपकुलपति विवेक बरालले शर्माको निधन बारे जानकारी दिदै भनेका छन्- ‘काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा विश्वविद्यालय परिवारका हामी सबैका अभिभावक आदरणीय प्रा. डा. सुरेश राज शर्मा अब हामीमाझ रहनुभएन । नेपाली शिक्षा जगतका एक महान् नक्षत्र, दूरदर्शी शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका प्रेरणास्रोत आदरणीय सुरेश सरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको योगदान, मार्गदर्शन र शैक्षिक विरासत सदैव हाम्रो स्मृतिमा जीवित रहनेछ ।’

सीटीईभीटी स्थापनाका भएसँगै पहिलो कार्यकारी निर्देशक बनेका शर्माले काठमाडौं विश्वविद्यालय स्थापनमा भूमिका खेल्दै पहिलो उपकुलपति बनेका थिए । सन् १९९१ देखि २०१२ सम्म उनी लगातार उपकुलपति रहेका शर्मा हाल पनि केयुको बोर्ड अफ ट्रस्टीमा आबद्ध थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्