चोलेन्द्रशमशेरको पक्राउप्रति कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भन्दै शंकर पोखरेलको आपत्ति – Kanika Khabar
Sunday, September 27Nepali News Portal

चोलेन्द्रशमशेरको पक्राउप्रति कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भन्दै शंकर पोखरेलको आपत्ति

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।

जबरालाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउको कारणबारे प्रहरीले सुरुमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

महासचिव पोखरेलले बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीश जबरालाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन् ।

उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको दाबी गरेका छन् । पोखरेलले यस्तो कार्यलाई समर्थन गर्नु प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको उल्लेख गर्दै सबैलाई गलत कामको खबरदारी गर्न आग्रह गरेका छन् ।

उनको भनाइ छ- ‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो। यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्