बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पंक्तिलाई गगन थापाको आग्रह – Kanika Khabar
Sunday, September 27Nepali News Portal

बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पंक्तिलाई गगन थापाको आग्रह

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

थापाले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको उल्लेख गर्दै अहिलेको अवस्थामा नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

उनले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु ।’

थापाले आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्न र अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग तथा समन्वय गर्न सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्