दुर्गा प्रसाईं पक्राउ बारे सर्वोच्चको कारण देखाऊ आदेश – Kanika Khabar
Thursday, October 1Nepali News Portal

दुर्गा प्रसाईं पक्राउ बारे सर्वोच्चको कारण देखाऊ आदेश

    मा प्रकाशित

काठमाडौं । काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।

न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ- ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए म्याद सूचना प्राप्त भएका मितिले बाटाको म्याद बाहेक ४८ (अठचालिस) घण्टा भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत प्रमाण समेत साथै राखी लिखित जवाफ पेस गर्नुहोला भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नुहोला ।’

प्रसाईंकी श्रीमती उमा प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो ।

प्रसाईलाई गत सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्