पोखरा । कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।
स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३२/३३ वर्षीय जगत दाहालले आज साँझ करिब ५ः४५ बजे बियरको बोतल प्रहार गरेका थिए।
बियरको बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेको थियो। चोट लागेपछि बोल्न नसक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले त्रिपाठीलाई साँझ ७ः२५ बजे मृत घोषणा गरेका हुन् । घटना भएपछि दाहाल फरार भएका थिए। प्रहरीले उनलाई सोही दिन साँझ पामे पुल नजिकबाट नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


