कांग्रेस महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिको सूची सार्बजनिक – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिको सूची सार्बजनिक

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा कुल ७ हजार ११४ जना मतदाता कायम भएको हो ।

निर्वाचन समितिका अनुसार प्रकाशित मतदाता नामावलीउपर दाबी-विरोधको को समय आज बिहान साढे ९ बजेसम्म तोकेको छ भने त्यसपछि जाँचबुँझपछि साढे ११ बजे अन्तिम नामावली सार्बजनिक गरिने समितिले जनाएको छ । समितिले छुटेका प्रतिनिधिको नाम अन्तिम नामावली सार्बजनिक गर्दा गरिने पनि स्पष्ट गरेको छ ।

समितिले आज बिहान १० बजेदेखि उम्मेदवार मनोनयन दर्ताको फारम वितरण र साढे १२ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि शुल्कसमेत तोकेको छ। सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

उम्मेदवारी दर्ताका लागि आवश्यक कागजातसहित प्रस्तावक र समर्थकको विवरणसमेत बुझाउनुपर्नेछ। सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति र महामन्त्रीका लागि सात-सात जना तथा सहमहामन्त्रीका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि भने तीन जना प्रस्तावक र तीन जना समर्थकको व्यवस्था गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्