दाङकाा पाण्डे र गिरी महाधिवेशन प्रतिनिधिमा मनोनित – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

दाङकाा पाण्डे र गिरी महाधिवेशन प्रतिनिधिमा मनोनित

    मा प्रकाशित

दाङ – नेपाली काङ्ग्रेसका निवर्तमान महासमिति सदस्य मोहन गिरी र निवर्तमान क्षेत्रीय सभापति भेषराज पाण्डे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् । सभापति गगनकुमार थापाले गिरी र पाण्डेलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् ।
युवा पुस्तालाई प्राथमिकता दिने तथा ‘जेनजी’ पुस्ताले उठाएका मागलाई पार्टीले सम्बोधन गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्दै गिरी र पाण्डेले असोज १२ गते सम्पन्न नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएका दुवै नेतालाई पार्टी सभापति थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका हुन् ।
मोहन गिरी लमही नगरपालिका–७ का बहालवाला वडा अध्यक्ष हुन् ।
स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारीसँगै गिरी पार्टी संगठनमा समेत सक्रिय रहँदै आएका छन् ।
त्यस्तै, भेषराज पाण्डे नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्