जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु – Kanika Khabar
Saturday, October 10Nepali News Portal

जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु

    मा प्रकाशित

दाङ । दाङको गढवा गाउँपालिकामा जंगली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिएका छन ।

गढवा गाउँपालिका १ बनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी माझी जंगली च्याउ खाएपछि बिरामी परेका थिए ।

उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकोमा राति ११ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी छन् । उनीहरूले असोज २१ गते साँझ जंगली च्याउ खाएको बुझिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्