भारतीय युट्युबर ध्रुव राठी पक्राउ – Kanika Khabar
Saturday, October 10Nepali News Portal

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

    मा प्रकाशित

काठमाडौँ । भारतीय युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले शनिबार बिहान गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।

उनी जंतरमन्तरमा प्रस्तावित ककरोच जनता पार्टी (सिजेपी) को प्रदर्शनमा सहभागी हुन आएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गुरुग्रामको सेक्टर–५५ क्षेत्रमा रहेको उनको निवासबाट बिहान करिब ६ बजे नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिन अपराध शाखाका तीन टोली परिचालन गरिएको बताइएको छ ।

प्रहरी टोलीले राठीलाई अपराध शाखाको कार्यालयमा लगेर करिब एक घण्टा सोधपुछ गरेको थियो । त्यसपछि दिल्ली प्रहरीसँग समन्वय गरी उनलाई तीनवटा गाडीमा राखेर दिल्ली लगिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रहरी टोली रातिदेखि नै उनको घरबाहिर तैनाथ रहेको बताइएको छ ।

सिजेपी प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा कडा पारेको थियो । दिल्ली प्रहरीले प्रदर्श आव्हान गरेका ककरोच जनता पार्टीका प्रमुख अभिजित दिप्केसहित अन्य नेताहरुलाई पनि हिरासतमा लिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर दिल्लीमा सबै मेट्रो र रेल सेवा बन्द गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्