झापामा कुटपिटबाट तीनमहिने शिशुको मृत्यु, चार जना पक्राउ – Kanika Khabar
Saturday, October 10Nepali News Portal

झापामा कुटपिटबाट तीनमहिने शिशुको मृत्यु, चार जना पक्राउ

    मा प्रकाशित

झापा । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीनमहिने शिशुको मृत्यु भएको छ ।

असोज २३ गते दिउँसो करिब १: २० बजे शिविरको सेक्टर डी–२ मा मनबहादुर तामाङको परिवारमा घरायसी विषयलाई लिएर विवाद भएको थियो । विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झैँझगडा भएको थियो ।

सोही क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीनमहिने छोरा सामेल तामाङलाई भित्री चोट लागेको थियो । घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा दिउँसो २: ०५ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्