काठमाडौँ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको डुबेर मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा अधिकांश बालबालिका र किशोरी रहेको बताइएको छ ।
भोजमा सहभागी हुन जाँदै गरेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा नदीमा पल्टिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । बिहार सरकारले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति चार लाख रुपैयाँ राहत दिने जनाएको छ ।


