भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा – Kanika Khabar
Monday, October 19Nepali News Portal

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

    मा प्रकाशित

काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् ।

भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि भारत छाड्न निर्देशन दिइएको थियो ।

इमरानले शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै आधारमा आफूविरुद्ध कारबाही गरिएको दाबी गरेका छन्। उनले नोटिस जारी गर्दा त्यसको कारण नखुलाइएको, प्रमाण उपलब्ध नगराइएको र आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको बताएका छन् ।

उनले अक्टोबर १० मा मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएका थिए। त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

इमरानको कानुनी टोलीले घटनास्थलको सिसिटिभी दृश्य उपलब्ध गराउन प्रहरीसँग माग गरेको छ । प्रदर्शनमा उनको सहभागिता थियो वा थिएन भन्ने स्पष्ट पार्न उक्त दृश्य आवश्यक रहेको उनको पक्षको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्