बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ – Kanika Khabar
Tuesday, October 20Nepali News Portal

बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ

    मा प्रकाशित

काठमाडौँ । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ।

पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गोली लागेर टाइगर घाइते नभए पनि बारुद र सिसाका टुक्राले उनको बायाँ हातमा चोट लागेको छ । गोलीबारीमा उनका चालक पनि घाइते भएका छन् । प्रहरीले घटनाको योजना र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्