काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो ।
साउदी ऊर्जा मन्त्रालयले मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको पुष्टि गरेको छ ।
घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् । मृतकको पहिचान भने भएको छैन ।


