शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार गर्दैछौं- मन्त्री पोखरेल – Kanika Khabar
Friday, October 30Nepali News Portal

शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार गर्दैछौं- मन्त्री पोखरेल

    मा प्रकाशित

हेटौँडा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको नक्साङ्कन र विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन् । उनले आवश्यकताका आधारमा लगानी गरी विश्वविद्यालयमा हुने दोहोरो खर्च रोक्ने सरकारको योजना रहेको बताए ।

बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको उच्च शिक्षा प्रणाली सुदृढीकरणसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय अवस्थालाई आधार बनाउनुपर्नेमा जोड दिए ।

उनले संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयबीच समन्वय बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार भइरहेको बताए । विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया पनि जारी रहेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक कार्यक्रमको प्रभावकारिता र संघ तथा प्रदेशबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्