राष्ट्रियसभाका दुई समितिको बैठक आज बस्दै – Kanika Khabar
Friday, October 30Nepali News Portal

राष्ट्रियसभाका दुई समितिको बैठक आज बस्दै

    मा प्रकाशित

काठमाडौँ । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै दिनको साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्